दशै मनाउन काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस खुर्कोटमा दुर्घटना
reportersnepal.com · Fri Oct 16 09:40:23 GMT 2026

काभ्रेपलाञ्चोक । दशै मनाउन काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस दुर्घटना भएको छ । सिन्धुलीको गोलोञ्जोर गाउँपालिकास्थित खुर्कोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा बा.प्र.०३–००१ ख.२७७४ नं.को गाडी ब्याक गर्दा दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)