मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सैनामैनामा शान्तिको सन्देश दिन प्रवचन

barnanmedia.com · Thu Apr 17 21:56:37 GMT 2025

काठमाडौँ, ५ वैशाख : पाँच दशकदेखि शान्ति र आत्म चेतनाको ज्ञान प्रवाह गर्दै आउनुभएका प्रख्यात वक्ता प्रेम रावतले नेपाली समाजमा पनि आत्मज्ञान र शान्तिको सन्देश प्रवाहका लागि प्रवचन दिनुहुने भएको छ ।

आत्मज्ञान प्रसार सङ्घ नेपालद्वारा शनिबार बिहान रुपन्देहीको सैनामैनामा नगरपालिका–७ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित एक कार्यक्रममा उहाँको करिब दुई घण्टा शान्तिका लागि प्रवचन हुने संस्थाका सञ्चार संयोजक श्रीराम अधिकारीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)