मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संस्कृति संरक्षणमा कुमाल समुदाय

barnanmedia.com · Thu Apr 17 22:12:44 GMT 2025

जिल्लाका कुमाल समुदाय संस्कृति संरक्षणमा जुटेका छन् । कुमाल समुदायको मौलिक संस्कृति पाउदुरे नाच संरक्षणका लागि कुमाल समुदाय कस्सिएका हुन् ।

जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार ७२७ रहेको कुमाल समाज नेपालका अध्यक्ष आलोक कुमालले जानकारी दिनुभयो । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको कुमालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)