एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सौराहामा सम्पन्न
ekantipur.com · Tue Nov 30 16:28:54 GMT 2021
काठमाडौँ — नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक मंगलबार चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिए । पार्टीलाई अझ थप संगठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मंसिर २५ र २६ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)