मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्ति, सफ्टवेयर विकास केन्द्रमा ४२ विज्ञ कर्मचारी माग

nepalviews.com · Fri Oct 16 10:17:06 GMT 2026

काठमाडौं । सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले सो जानकारी दिएका हुन् ।

‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति खारेज भएको थियो । खारेजीपछि रिक्त रहेका ती पदहरूमा योग्य उम्मेदवार छनोट गर्न खुला प्रतिस्पर्धात्मक विधिबाट पदपूर्ति प्रक्रिया अगाडि बढाइएको प्रवक्ता अर्यालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)