महंगियो पाँच तारे होटेलको बसाइ र विदेश यात्रा
onlinekhabar.com · Mon May 29 17:54:14 GMT 2023
१५ जेठ, काठमाडौं । सरकारले करको दायरा विस्तार गर्ने भन्दै होटल व्यवसायमा नयाँ शीर्षकमा कर लिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक अनुसार सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी आतिथ्य सेवामा बिलासिता कर थप गरेको छ ।
सरकारले पाँचतारे वा सो भन्दा माथिको होटेल र लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा विलासिता कर लाग्ने व्यवस्था गरेको हो । आर्थिक विधेयक २०८० अनुसार विलासिता कर २ प्रतिशत तोकिएको छ । सरकारले आयातित मदिरा र १० लाख रुपैयाँ भन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत २ प्रतिशत विलासिता कर लागू गर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)