इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान
nayapatrikadaily.com · Mon Oct 30 00:28:00 GMT 2023
दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव पहिचान भएको छ । यसअघि चारजना विद्यार्थीको शव स्वदेश ल्याएर दाहसंस्कार भइसकेको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले आइतबार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको जानकारी दिएको छ । यसअघि ५ कात्तिकमा नेपाली विद्यार्थीहरू नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट, गणेशकुमार नेपाली र आशिष चौधरीको शव नेपाल ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)