विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछ : सस्मित पोखरेल
nepalpress.com · Tue Jun 09 06:41:58 GMT 2026

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित हुँदा विपक्षीसँग सोध्ने प्रश्न नै देखिएको तर्क गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सोचेभन्दा कम प्रश्न प्रधानमन्त्री सदनमा जाँदा आएको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो हुने भएको भए त सुरूमै जानुहुन्थेन नि ! उहाँ प्रस्तुत हुँदा सोध्ने प्रश्नहरू नै रहेनछन् । एकदमै कम प्रश्नहरू आए, जति हामीले सोचेका थियौँ, जति प्रधानमन्त्रीले प्रश्नहरू आउँछ भनेर सोच्नुभएको थियो, त्यो हिसाबको प्रश्न नै थिएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
बालेन शाह
काठमाडौँ