सुधन गुरुङ छानबिन प्रतिवेदन ग्रहणदेखि रेडक्रसको तदर्थ समिति गठनसम्म,यस्ता छन् सरकारका पछिल्ला ४ निर्णय
arthasansar.com

मन्त्रिपरिषद्को हालै बसेको बैठकले देशको विकास, प्रशासन र सामाजिक क्षेत्रसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले तल्लो अरुण, लोवर न्यादी खोला, घुन्सा खोला र सिम्बोतादी खोला जलविद्युत आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा 'निजामती सेवा (१६ औं संशोधन) नियमावली, २०८३' लाई स्वीकृत गर्ने। सामाजिक क्षेत्रतर्फ, दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको छ। साथै, पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदनलाई समेत सरकारले ग्रहण गर्ने निर्णय गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)
सुदन गुरुङ
प्रतिनिधि सभा