मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

kendrabindu.com · Fri Oct 16 10:39:44 GMT 2026

काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स सेवालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच सम्झौता भएको छ।

सम्झौताअनुसार युके, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशबाट मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सकिनेछ। युनाइटेड रेमिटका विभिन्न देशमा रहेका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत देशभरबाट सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)