सन्धिखर्कमा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी
annapurnapost.com · Fri Oct 16 10:37:20 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी भएको जनाएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा भूगर्भ सिमेन्ट उद्योगबाट नगरपालिकाले ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्कबापत प्राप्त गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख भएको उक्त रकम सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कका रूपमा प्राप्त वास्तविक आम्दानी भएको विज्ञप्तिमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)