वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार
ekantipur.com · Sat Aug 21 01:16:28 GMT 2021
काठमाडौँ — सरकारले कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपाली नागरिकहरूलाई उद्धार गरेर काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले त्यस बेला चीनको वुहानबाट १ सय ८७ नेपाली नागरिकलाई उद्धार गरेर ल्याउँदा १३ करोड २८ लाख ४७ हजार खर्च भएको जनाएको छ । २०७६ फागुन ४ देखि २० सम्म १७ दिनका लागि सेनाले क्वारेन्टाइनमा ५५ लाख र औषधि खरिदका लागि ६६ लाख ७१ हजार खर्च गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)