‘व्याख्यात्मक घोषणा’ अमेरिकाले नमाने के हुन्छ ?
ratopati.com
सत्तारुढ राजनीतिक दलहरुले एमसीसीको व्याख्यात्मक घोषणासहित एमसीसी परियोजना पास गर्ने सहमति गरेसँगै प्रतिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएको छ । तर, नेपालको संसद्ले गरेको ‘व्याख्यात्मक घोषणा’ अमेरिकी सरकार वा अमेरिकी संसद्ले नमानेको वा अस्वीकार गरेको अवस्थामा उक्त व्याख्यात्मक घोषणा के हुन्छ भन्ने प्रश्न भने यथावत् छ ।
सामान्यतः करार, सन्धि वा सम्झौतामा दुवै पक्षको सहमतिमा मात्रै परिमार्जन र थप विश्लेषण गर्ने गरिन्छ । एकपटक करार, सन्धि वा सम्झौता भइसकेपछि त्यसलाई परिमार्जन वा संशोधन गर्नुपर्दा पनि दुवै पक्षको आपसी सहमतिमै परिमार्जन र हस्ताक्षर हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)