म्याग्दीको सदरमुकाम सार्न मन्त्री पुनको प्रस्ताव
baahrakhari.com · Fri Oct 16 11:09:35 GMT 2026

म्याग्दी । प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरणको प्रस्ताव गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रवार बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नदी कटान, बाढीपहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने बताएका हुन् । “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नुपर्यो”, उनले भने । जोखिमयुक्त ठाउँको जतिसुकै संरक्षण गरे पनि प्राकृतिक विपद्लाई छेक्न नसक्ने भएकाले विकल्प सोच्नुपर्ने मन्त्री पुनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)