मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झन्डै ५ अर्बका ६९ बहुवर्षीय योजना स्वीकृत, यसअघि प्रस्तावित २९ योजना अस्वीकृत

ratopati.com · Fri Oct 16 11:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने ६९ वटा बहुवर्षीय योजनाका लागि स्रोत सहमति (सुनिश्चितता) प्रदान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रणालीमा प्रविष्ट भएका ती योजना कार्यान्वयनका लागि कुल ४ अर्ब ९५ करोड ८० लाख १६ हजार रुपैयाँ बराबरको स्रोत सहमति दिएको हो ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयले ९१ वटा बहुवर्षीय आयोजना स्वीकृतिका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएको थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार स्रोतको सुनिश्चितता बिना नयाँ योजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान नपाइने व्यवस्था छ । ती आयोजनामा स्रोत सहमति दिन आर्थिक मामिला तथा योजना मन्त्रालयले आनाकानी गरिरहेको कारण लामो समयदेखि स्वीकृत भएका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)