मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मस्कले सार्वजनिक गरे ‘उड्ने’ कार

kendrabindu.com · Fri Oct 16 11:16:09 GMT 2026

ह्युस्टन । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन् । उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन् ।

टेस्लाको एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारलाई ठाडो र्‍याम्पबाट उफारेर पुनः आफ्नै पाङ्ग्रामा अवतरण गराइएको थियो । प्रदर्शनपछि मस्कले ‘उड्ने कार वास्तविक हुन्’ भने । उनले कारको सफलता सुनिश्चित नभए पनि यसले काम गर्ने सम्भावना रहेको बताए । मस्कका अनुसार कारमा हावाको दबाबबाट गाडीलाई माथि धकेल्न सक्ने अत्यधिक उच्च चापयुक्त हावाको ट्याङ्की जडान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)