हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात सञ्चालनमा समस्या
nepaltvonline.com · Thu Apr 17 23:36:01 GMT 2025

नवलपरासी- दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । बिहिबारको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)