मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोशीमा ४ अर्ब ९६ करोडका ६९ बहुवर्षीय योजनालाई स्रोत सहमति

gorkhapatraonline.com · Fri Oct 16 11:39:02 GMT 2026

कोशी प्रदेश सरकारले सडक तथा पुल पूर्वाधार विस्तार र क्षेत्रगत विकास सन्तुलनलाई प्राथमिकता दिँदै ६९ वटा बहुवर्षीय योजना थप गर्दै चार अर्ब ९५ करोड ८० लाख १६ हजार रुपियाँको स्रोत सहमति दिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने ती योजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा अघि बढाउन स्रोत सहमति दिएको हो । स्वीकृत योजनामा रणनीतिक सडक निर्माण, सडक स्तरोन्नति, पक्की तथा झोलुङ्गे पुल निर्माण र सडक सुरक्षा कार्यक्रम समेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)