मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘छ माया छपक्कै २’ ले पायो युनिभर्सल सर्टिफिकेट, आजैदेखि टिकट काट्न सकिने

kalakarmi.com · Fri Oct 16 11:21:25 GMT 2026

काठमाडौं– बडादशैँको फुलपातीका दिन अर्थात असोज ३१ गते शनिवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । यो प्रमाणपत्रसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समिति, काठमाडौंले यो फिल्मलाई सार्वजनिक प्रदर्शनका लागि स्वीकृति दिएको हो । समितिले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ५ बमोजिम फिल्म जाँच गरी प्रमाणपत्र जारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)