राष्ट्रिय कविता महोत्सवका लागि आठ सय ९२ कविता
ratopati.com · Mon Jun 12 23:19:00 GMT 2023
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ ।
प्रतियोगितामा इमेलबाट आठ सय ४८ र ४४ वटा कविता दर्ता भएका छन् । यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले जानकारी दिए । यस पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुनेछ । यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही रु १५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । यस पटकबाट समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिनुले कविहरूको आकर्षण बढेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)