हर्पनखोलामा देउबहादुर मृत फेला
deshsanchar.com · Wed Aug 16 14:08:38 GMT 2023
पाेखरा – फेवातालको सिरान हर्पनखोलामा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। घाटीछिनास्थित हर्पनखोलाको सिल्टेसन ड्याममा आन्दाजी ६५ वर्षीय पुरुषको शव तैरिरहेको अवस्थामा फेला परेको हो।
उक्त शव पोखरा–२३ सिदानेका देउबहादुर नेपालीको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। स्थानीयका अनुसार उनी केही दिनदेखि वेपत्ता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)