मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एपीएफ लगातार जितसहित प्लेअफमा

ekantipur.com · Thu Dec 28 01:12:20 GMT 2023

काठमाडौँ — नेपाल एपीएफ क्लब (एपीएफ) लगातार पाँचौं जित हात पार्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । एपीएफले बुधबार कर्णाली प्रदेशलाई ९२ रनले हराएर शतप्रतिशत नतिजा निकाल्यो ।

५ खेल समाप्तिमा एपीएफ १०, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश समान ८ र वाग्मती प्रदेश ६ अंकसहित पहिलो चार स्थानमा छन् । सात प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ । अब एक खेल जितेमा एपीएफले क्वालिफायर १ मा स्थान बनाउने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)