खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
barnanmedia.com · Tue Jun 30 16:30:00 GMT 2026

खोटाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्रा १५ महिनामुनिका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । एघार महिनासम्मका एक हजार ४९९, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका एक हजार २६८, २४ देखि ५९ महिनासम्मका पाँच हजार २१७ र १६ देखि ५९ महिनाका छ हजार ४७८ जना बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)