अनेरास्ववियु र अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति गरेका चार जना रास्वपा प्रवेश
ratopati.com · Fri Oct 16 12:27:37 GMT 2026

धनगढी । विद्यार्थी राजनीतिमा सक्रिय चार जना राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन्। अनेरास्ववियु र अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति गर्दै आएका उनीहरू शुक्रबार रास्वपामा प्रवेश गरेका हुन्।
रास्वपामा प्रवेश गर्नेमा कैलालीको लम्की बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति तपेन्द्र प्याकुरेल, कैलाली बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति यमराज जोशी, अखिल क्रान्तिकारीबाट राजनीति गर्दै आएका पवन सुनार र विष्णा बोहरा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)