सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म
nepallive.com · Fri Oct 16 12:36:16 GMT 2026

काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले ३८ जना प्राविधिक जनशक्ति माग गरेको छ। केन्द्रले विभिन्न १५ पदमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
केन्द्रले नेपाल सरकारका विभिन्न निकायका लागि सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भार गर्न प्राविधिक विज्ञ नियुक्त गर्न लागेको हो। असोज २९ गते प्रकाशित सूचनाअनुसार प्रमुख प्रविधि विज्ञदेखि टेक सपोर्टसम्मका पदमा जनशक्ति माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)