मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘गाउँमा बुढापाका र बालबालिका मात्रै छन्’

barnanmedia.com · Fri Sep 05 21:58:38 GMT 2025

बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् । पहिले धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि अहिले उराठिलो बनेका छन् । कतै सिउँडी पलाएका छन्, त कतै वनमाराले ढाकिएका छन् । ताल्चा ठोकेको घर पनि चिरिएर रुग्ण बनेका छन् । खास गरी जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी, गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको सङ्ख्या धेरै छ ।

अहिले गाउँमा बुढापाका र बालबालिका मात्रै छन् । युवा शक्ति पनि विदेश पलायन भइरहेका छन् । यसले गर्दा वर्षेनी उर्वर जमिन बाँझोमा परिणत हुँदैछ । बसाइँसराइ र जनशक्तिको विदेश मोहको असर उत्पादनमा परेको छ । बागलुङमा कूल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ । त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ । हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)