मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नर्सिङ तथा मिड्वाइफ्रीका लागि यस्तो छ दश वर्षे रणनीति ?

ratopati.com

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दश वर्षीय रणनीति तयार पारेको छ । ०७७/७८ देखि ०८७/८८ सालसम्मका लागि सुरक्षा महाशाखाले रणनीतिहरू तयार पारेको हो । दश वर्षीय रणनीतिमा राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्रीको रणनीति महाशाखाले तयार पारेको छ ।

नेपाल नर्सिङ परिषद्का अनुसार करिब ९५ हजार भन्दा बढी नर्स अनमी दर्ता भएका छन् । यस्तै नेपालमा वार्षिक करिब ८ हजार नयाँ नर्स तथा मिड्वाइफ्री जनशक्ति थपिन्छन् । यद्यपि सरकारलाई निजी स्वास्थ्य क्षेत्रमा कति सङ्ख्यामा नर्स कार्यरत छन् भन्नेबारे आधिकारिक विवरण सरकारसँग छैन । यसैले अस्पतालहरूमा नर्सिङ जनशक्तिको परिचालन र व्यवस्थापनमा ठूलो विविधता देखिएको छ । त्यसैले दक्ष जनशक्तिको सदुपयोग हुन नसकेको रणनीतिमा उल्लेख छ । आ.व ०७८/७९ देखि ०७९/८० सम्ममा संघीय संरचनाअनुरुप नर्सिङ तथा मिड्वाइफ्री जनशक्तिको गणना र प्रक्षेपण गर्ने, त्यस्तै अनलाइन डाटा बैंकको स्थापना गरिने रणनीतिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)