शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चांग निर्णायक समिति
nepalnews.com · Fri Oct 16 13:18:10 GMT 2026

काठमाडौँ। नेपाल पञ्चांग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।
शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए । शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्म गर्न शास्त्रीय वचनका आधारमा कुनै बन्देज नभएकाले आम मानिसमा सामाजिक सञ्जालका भरमा भ्रममा नपर्न पनि समितिले आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)