मधेश सरकार फेरि अस्थिर, एमालेले छाडेपछि नयाँ गठबन्धनको कसरत
onlinekhabar.com · Fri Oct 16 13:18:14 GMT 2026

३० असोज, जनकपुरधाम । एमाले शुक्रबार मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा रहेका चारजना मन्त्रीले राजीनामा पत्र मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई बुझाएका छन् । एमालेले प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको छ । यससँगै झन्डै एक वर्षपछि मधेशमा पुनः अस्थिरताको पुनरावृत्ति भएको छ ।
एमालेले समर्थन फिर्ता लिएसँगै मधेश सरकार अल्पमतमा परेको छ । अब ३० दिन भित्र मुख्यमन्त्री यादवलाई सदनबाट विश्वास प्रमाणित गर्नु पर्ने चुनौती थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)