ओली तेस्रो कार्यकाल अध्यक्षका लागि पनि निर्विकल्प, ल्याए ‘नेपाली विशेषताको समाजवाद’
barnanmedia.com · Fri Sep 05 22:35:59 GMT 2025

एमाले बहु पदाधिकारीमा गएपछि लगातार तेस्रोपटक नेतृत्वमा पुग्नेमा केपी शर्मा ओली पहिलो हुन्। ०७१ मा भएको एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई हराएर अध्यक्ष बनेका ओलीले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन। आठौ महाधिवेशन (०६५ फागुन ५ देखि १४ सम्म बुटवलमा सम्पन्न) मा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए। काठमाडौंमा भएको नवौं महाधिवेशनपछि ओली अध्यक्ष मात्र भएनन्, एमालेमा एकल नेता बने, पद बहु पदाधिकारी भएपनि उनले जे निर्णय गर्न चाहे त्यही गरे। सोही बमोजिम ०७८ मा चितवनमा भएको दसौं महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न खोजेका थिए। तर, तत्कालीन उपाध्यक्ष भीम रावलले चुनौती दिएपछि चुनाव त भयो, तर त्यसपछि रावल एमालेमा रहन पाएनन्,निस्कासनमा परे। मावधकुमार नेपाल र झलनाथ खनाल त संसद विघटनपछि एमाले विभाजन गरेर नयाँ दल खोलिसकेका थिए।
एमालेले ०७८ असोजमा सम्पन्न विधान महाधिवेशनबाट ११ औं महाधिवेशनबाट लागु हुनेगरी ७० वर्षे उमेर हद लगाएको थियो। तर, अहिले पार्टीमा मुकुन्द न्यौपाने भित्र्याउनका लागि विधान संशोधन गर्नुपरेको भन्दै निलम्बन गरियो। अहिले आएर ओलीलाई तेस्रोपटक नेतृत्वमा पुर्याउन उमेर हद हटाइएको छ। शुक्रबारबाट सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनले ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउन थालिएको हो। उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा यस्तो व्यवस्था गरिएको छ। प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ। दुई कार्यकाल मात्र अध्यक्ष हुने वा ७० वर्षे उमेर हद लगाउदा ओली अब अध्यक्ष बन्न पाउँदैनथे। तर, उनकैका लागि हटाउन थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)