मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निक्कीको अध्यक्षमा कुनाल कायल सर्वसम्मत, साधारणसभामा कसले के भने ?

clickmandu.com · Fri Oct 16 13:27:46 GMT 2026

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औं वार्षिक साधारणसभाबाट आगामी सन् २०२६–२०२८ कार्यकालका लागि कुनाल कायलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

काठमाडौंस्थित द एभरेस्ट होटलमा असोज २९ गते (१५ अक्टोबर २०२६) सम्पन्न साधारणसभामा निर्वाचन अधिकृतले नयाँ नेतृत्व चयन भएको घोषणा गरेका थिए । तीन दशक लामो संस्थागत विकासको उत्सव मनाएको चेम्बरले आफ्नै नेतृत्वभित्रबाट निरन्तरता रोज्दै अनुभवी र स्थिर नेतृत्वका रूपमा कायललाई अध्यक्ष पदमा चयन गरेको हो । यसअघि कायलले निवर्तमान अध्यक्ष सुनील के.सी. को कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)