पञ्चाङ्गले भन्यो -'शुक्र अस्तका कारण दशैँ रोक्नुपर्ने भ्रम शास्त्रसम्मत छैन'
hamrakura.com · Fri Oct 16 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण यस वर्षको दसैँ मनाउन हुँदैन भनी सामाजिक सञ्जालमा गरिएको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ।
समितिका अध्यक्ष सह प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक 'नित्य कर्म' भएकाले शुक्र वा बृहस्पति अस्त हुँदा चाडपर्व मनाउन कुनै बाधा पर्दैन। बृहस्पति र शुक्र अस्त भएका बेला कुनै विशेष कामना राखेर गरिने (काभ्य) कामहरू मात्र गर्न नहुने शास्त्रीय मान्यता छ। नित्य र नैमित्तिक कर्मका लागि भने कुनै बन्देज नरहेकाले यस्ता भ्रामक हल्लाको पछि नलाग्न समितिले आम नागरिकलाई आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)