गैँडाकोट मेयर कपको उपाधि लुम्बिनी प्रदेशलाई
ratopati.com · Tue Feb 17 17:45:12 GMT 2026
नवलपरासी । नवलपुरको गैँडाकोटमा सम्पन्न पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मंगलबार भएको फाइनलमा मधेस प्रदेशलाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेशले उपाधि हात पारेको हो ।
लुम्बिनीले उपाधिसँगै रु तीन लाख नगद हात पारेको छ । प्रतियोगितामा उपविजेता बनेको मधेस प्रदेशले रु दुई लाख नगद पुरस्कार हात पार्यो । प्रतियोगिता अवधिभर व्यक्तिगत खातामा १५४ रन जोड्दै लुम्बिनी प्रदेशका कप्तान देव खनाल प्लेयर अफ दी सिरिज (सर्वोत्कृष्ट खेलाडी) घोषित भई रु २५ हजार नगद पुरस्कार हात पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)