मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

gorkhapatraonline.com · Tue Jun 09 07:00:20 GMT 2026

नवलपुर (रजहर), जेठ २६ गते । नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले औषधिविहीन चिकित्साका पद्धतिमार्फत प्रभावकारी स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ को समयमा समेत भर्ना भएका कुल ७८९ जना बिरामी सबैलाई सफलतापूर्वक उपचार गरेर थप चासो र चर्चा कमाएको चिकित्सालयमा स्वदेशबाट मात्र नभई विदेशबाट समेत उपचार गर्न आउने गरेका छन् ।

कोभिडका समयमा दुधे बालकदेखि ८९ वर्षसम्मका ज्येष्ठ नागरिकसमेतको सफल उपचार गरेको चिकित्सालय गण्डकी प्रदेशको योग र प्राकृतिक चिकित्साको गौरवको आयोजनासमेत हो । गैरनाफामूलक परोपकारी संस्थाका रूपमा अघि बढिरहेको यस चिकित्सालयले औषधिविहीन चिकित्साका विभिन्न विधि र पद्धति अपनाउँदै बहुुप्रकृतिका स्वास्थ्य समस्याको उपचार गरिरहेको चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाले जानकारी दिनुुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)