चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण,पाकेको धान छिटो भित्र्याउन आग्रह
kathmandupati.com · Tue Jun 09 06:56:57 GMT 2026

नारायणगढ चितवन – चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा नेक ब्लास्ट रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताए । यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ, उनले भने केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो । यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
मौसम