मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न

ratopati.com · Fri Oct 16 13:35:35 GMT 2026

भक्तपुर। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको ट्रफी वडा नं १० चित्तपोलले हात पारेको छ। शुक्रबार सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सङ्कटा खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं ९ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै वडा नं १० चित्तपोल विजेता बन्न सफल भएको हो।

कार्यक्रममा विजेता वडा नं १० लाई नगरप्रमुख वासुदेव थापाले रु एक लाख पुरस्कार, ट्रफी, मेटल र प्रमाणपत्र प्रदान गरे। उपविजेता वडा नं ९ नंखेलले नगद रु ५० हजार ट्रफी र मेटल, प्रमाणपत्र तथा तृतीय हुने वडा नं ४ दधिकोटलाई नगद रु २५ हजार ट्रफी, मेटल र प्रमाणपत्र नगरप्रमुख थापाले प्रदान गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)