मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेश जारी भएयता विभिन्न निकायमा ६११ जना नियुक्त

hamrakura.com · Fri Oct 16 00:00:00 GMT 2026

काठमाडौँ। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न ८० वटा सार्वजनिक निकायमा ६११ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति गरिएको जानकारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता सहसचिव हेमराज अर्यालले पारदर्शी रूपमा विषयगत विज्ञ र योग्य व्यक्तिहरूलाई मनोनयन गरिएको जानकारी दिएका हुन्।

मन्त्रालयगत विवरणअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनअन्तर्गत १५९, स्वास्थ्य तथा खाद्य स्वच्छताअन्तर्गत ८२, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत ७०, पूर्वाधार विकास मन्त्रालयअन्तर्गत २९, अर्थ मन्त्रालयअन्तर्गत २५, ऊर्जा, जलस्रोत तथा सिँचाइअन्तर्गत १४, भूमि व्यवस्था तथा सङ्घीय मामिलाअन्तर्गत ११, सूचना तथा सञ्चारअन्तर्गत ९, कृषि, वन तथा पर्यावरणअन्तर्गत ८, युवा, श्रम तथा रोजगारअन्तर्गत ८, गृहअन्तर्गत २ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत २ जना नियुक्त भएका छन्। त्यस्तै मन्त्रिपरिषद्को प्रस्तावमा १४ जना र विभिन्न विश्वविद्यालय, आयोग तथा प्रतिष्ठानहरूमा १७८ जनाको पदपूर्ति गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)