युक्रेनलाई २-० ले हराउँदै फ्रान्सको विजयी सुरुवात, एमबाप्पे हेनरीसँग बराबरीमा
ratopati.com · Fri Sep 05 22:57:00 GMT 2025
काठमाडौँ । फ्रान्सले २०२६ विश्वकप छनोट प्रतियोगितामा युक्रेनलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
खेलको १०औँ मिनेटमा माइकल ओलिसले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए भने ८२औँ मिनेटमा किलियन एमबाप्पेले अर्को गोल गर्दै जित सुनिश्चित गरे। यो गोलसँगै एमबाप्पेले राष्ट्रिय टोलीका लागि ५१ गोल पूरा गर्दै थियरी हेनरीसँग बराबरी गरेका छन्। उनी अब ओलिभियर गिरोड (५७ गोल) भन्दा मात्रै पछाडि रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)