स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
nepallive.com · Fri Oct 16 13:51:30 GMT 2026

काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रका सर्तविपरीत स्वीकृति नलिई इन्टरनेट प्याकेज तथा शुल्क सञ्चालन गर्ने सेवा प्रदायकलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)