प्रधानमन्त्री कार्यालय मातहत अर्को केन्द्र, साढे २ लाखसम्म तलब अफर गरेर कर्मचारी माग
barnanmedia.com · Fri Oct 16 13:52:31 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर (एसडीओसी) ले विभिन्न पदमा ४२ जना सूचना प्रविधिसम्बन्धी विज्ञ तथा कर्मचारी माग गरेको छ । सिंहदरबार, काठमाडौंस्थित केन्द्रले सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली विशेषज्ञबाट आवेदन माग गरेको हो ।
केन्द्रले २०८३ असोज २९ गते प्रकाशित सूचनाअनुसार प्रमुख प्रविधि विज्ञदेखि टेक सपोर्टसम्मका १५ प्रकारका पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारले २०८३ कात्तिक १८ गतेभित्र केन्द्रको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)