ब्याजदर आफैं तोक्न पाउनुपर्ने बैंकहरूको माग
ekantipur.com · Mon Jul 05 01:07:26 GMT 2021
काठमाडौँ — ब्याजदर निर्धारणमा राष्ट्र बैंकले हस्तक्षेप नगरी बैंकलाई स्वतन्त्र छाड्न बैंकहरूले माग गरेका छन् । बैंकबीच तीव्र प्रतिस्पर्धा रहेकाले अन्ततः ब्याजदर तल आउने र यसको प्रत्यक्ष लाभ ग्राहकले पाउने भन्दै ब्याजदर निर्धारणमा बैंकहरूलाई स्वतन्त्र छाड्नुपर्ने उनीहरूको माग छ । आगामी मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा आइतबार बैंकहरूको छाता संगठन बैंकर्स संघले यस्तो माग गरेको हो ।
हालको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कर्जा निक्षेपबीचको ब्याजअन्तर बढीमा ४.४ प्रतिशत कायम गर्नुपर्छ । तर प्रतिस्पर्धाकै कारण हाल बैंकहरूको औसत स्प्रेड ४.४ प्रतिशतभन्दा कम छ । यस्तो अवस्थामा राष्ट्र बैंकले स्प्रेड दर तोक्नुको अर्थ नभएको संघको दाबी छ । ‘हाल बैंकहरूले ४.४ प्रतिशतसम्म ब्याजदर अन्तर राख्न पाउने भए पनि बजारको प्रतिस्पर्धाले गर्दा सो औसत हाल ३.५ प्रतिशत हाराहारीमा झरिसकेको अवस्थामा ब्याजदर अन्तरको सीमा त्यहाँबाट तोक्नु सान्दर्भिक नदेखिएको,’ संघको सुझावमा भनिएको छ, ‘भारतलगायतका छिमेकी मुलुकमा समेत ब्याजदर अन्तरको सीमा नतोकिएको ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)