मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वनिर्भर बन्न कृषिमा लगानी

gorkhapatraonline.com · Sat Aug 19 07:18:29 GMT 2023

नेपाल कृषिप्रधान देश हो । पेसामा उत्तम कृषि, मध्यम व्यापार र जागिरलाई निम्न भन्ने प्रचलन सानैदेखि सुनिँदै आएको हो । अहिले स्पष्ट हुँदै आयो कृषि पेसाको महत्व, साँच्चै उत्तम रहेछ । हामीले विद्यालय शिक्षा पढ्दा यहाँका ९४ प्रतिशत जनता कृषि पेसामा आधारित छन् भन्ने थियो । कृषि कर्म परम्परागत प्रणालीमा आधारित छ । केही प्रतिशत मात्र उन्नत प्रविधिको प्रयास गरिएको छ । केही दशक पहिलेसम्म कृषि उत्पादनले हामीलाई खान पुग्थ्यो । खाद्यान्नमा हामी पूर्ण रूपमा आत्मनिर्भर थियौँ । खेतबारी बाँझो हुँदैनथ्यो । अर्मपर्म गरेर एकअर्कालाई सहयोग गरेर खेती गर्ने प्रचलन थियो । खेती गर्ने बेलामा कसैको समस्या देखियो भने आफन्त र छिमेकीले खेती गर्न सहयोग गर्नु जिम्मेवारी नै हो भन्ने गरिन्थ्यो । कृषि र पशुपालन दुवै राम्रो थियो । जैविक र प्राङ्गारिक मलको प्रयोग हुन्थ्यो । उत्पादन गुणस्तरीय हुन्थ्यो । हाम्रो उत्पादन विदेशमा समेत रोजाइमा परी निर्यात हुन्थ्यो ।

वर्तमानको सरकारी आँकडामा ६४ प्रतिशत जनता कृषि पेसामा आाधारित छन् । वर्षभरि कतिलाई कति महिना खान पुग्ने हो, कतिले कतिसम्म बेच्ने गरेका छन्, आफ्नो उत्पादनले आफ्नो पालिकालाई कति महिनासम्म खान पुग्छ भन्ने विषयमा प्रत्येक पालिकाले समीक्षा गरी कृषि उत्पादनको दीर्घकालीन योजना बनाउनु अति आवश्यक बन्दै गएको छ । कृषि योजना बनाउँदा सिँचाइ हुने जग्गामा खाद्यान्न र नगदेबाली, सिँचाइ कम हुने र नहुनेमा फलफूल, घाँस र बगरमा बगरखेती लगाउने योजना बनाउनु पर्छ । यसै गरी कृषकलाई तालिम, उन्नत प्रविधिको ज्ञान, प्राविधिक सहयोगको बारेमा समेत योजनामा स्पष्ट रूपमा समावेश गरिनु पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)