अब शक्तिशाली अध्यक्षको बाटोमा एमाले
rajdhanidaily.com · Fri Sep 05 23:28:33 GMT 2025
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ । एमालेले ‘हाइटेक प्रविधि’बाट महाधिवेशन उद्घाटन गर्दै विधान मस्यौदा प्रस्तावदेखि विभिन्न सातवटा प्रतिवेदन महाधिवेशनमा पेस गरेको छ । महाधिवेशनमा पेस भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान मस्यौदा प्रतिवेदनसहितका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा बनाइएको समूहमा छलफल हुनेछ । एमालेको सचिवालय बैठकले पारित गरेका यी दस्तावेजलाई समूहगत छलफलपछि पारित गर्ने कार्यक्रम छ । एमाले नेताहरूका अनुसार महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले राखेको फरक मतमाथि पनि छलफल गरिनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रतिस्पर्धी राजनीतिक दललाई हेर्ने दृष्टिकोणदेखि अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विषय समावेश छन् । एमालेले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाउनेदेखि उमेरहद र नेतृृत्व तहमा दुई कार्यकाल मात्र बस्न पाइने विधानको पुरानो व्यवस्था हटाउन प्रस्ताव गरेको छ । यी सबै विषयमा शनिबार (आज)बाट समूहगत छलफल हुने एमालेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)