मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु

ratopati.com · Fri Oct 16 14:10:40 GMT 2026

बागलुङ। ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ। बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। यो घटना आज अपराह्नको हो।पिकअप र त्यसका चालक हिमाल विकलाई नियन्त्रणमा लिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)