मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङमा भ्यानको ठक्करबाट बालकको मृत्यु

baahrakhari.com · Fri Oct 16 14:12:27 GMT 2026

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८, सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार, गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)