मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ: संयोजक दाहाल

ratopati.com · Tue Feb 17 18:34:01 GMT 2026

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुगेका छन् । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उनले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गरे ।

संयोजक दाहाले भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा प्राप्त भएको बताए । “सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)