पहिरोमा परेर महिलाको मृत्यु
deshsanchar.com · Sat Sep 07 17:19:45 UTC 2024

डोटी– डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर माइत जान लागेकी सोही वडाकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कौमतीदेवीको साथमा रहेकी उनकी नातिनी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)