सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न
barnanmedia.com · Fri Oct 16 14:19:01 GMT 2026
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको ट्रफी वडा नं १० चित्तपोलले हात पारेको छ । आज सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सङ्कटा खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं ९ लाई एक गोलका विरुद्ध तीन गोल गर्दै वडा नं १० चित्तपोल विजेता बन्न सफल भएको हो ।
कार्यक्रममा विजेता वडा नं १० लाई नगरप्रमुख वासुदेव थापाले रु एक लाख पुरस्कार, ट्रफी, मेटल र प्रमाणपत्र प्रदान गर्नुभयो । उपविजेता वडा नं ९ नंखेलले नगद रु ५० हजार ट्रफी र मेटल, प्रमाणपत्र तथा तृतीय हुने वडा नं ४ दधिकोटलाई नगद रु २५ हजार ट्रफी, मेटल र प्रमाणपत्र नगरप्रमुख थापाले प्रदान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)