धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन हुने
nagariknews.nagariknetwork.com · Sat Aug 15 01:05:40 GMT 2026

जिल्लाको धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ। ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको छ।
धुलिखेल अस्पतालले सङ्घीय सरकारको स्वास्थ्य बिमा बोर्डबाट निर्धारित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्दै आएको थियो। तर, बोर्डबाट सेवा प्रदान गरेवापत पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्णरूपमा स्थगित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)