मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

barnanmedia.com · Fri Sep 05 23:40:31 GMT 2025

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो ।

विभागका अनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । उनीहरूबाट रु नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व सङ्कलन भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)